काठमाडौ। बुनियाद गीतका अत्यन्त चर्चित नेपाली गायक नागेन्द्र श्रेष्ठको पचासको दशकको अत्यन्त चर्चित गीतको नयाँ भिडियो सार्वजनिक भएको छ। साउन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छ बोलको मार्मिक गीतको बिलकुलै नयाँ गीत भिडियो सार्वजनिक भएको हो।

Vetran Singer Nagendra Shrestha with his spouce Mrs. Rachana Pradhan in Happy mood.

बुनियाद गीत रचनाका लागि माहिर मानिएका तिलस्मी जादूका कलमजीवि गीतकार अरुण तिवारीको शव्द तथा रेडियो नेपालका गोल्ड मेडलिस्ट संगीतकार टीका भण्डारीको संगीत रहेको यस गीतको भिडियोमा रञ्जन रिजाल र रिमा विश्वकर्माको बेजोड अभिनय रहेको छ।

गीतको वोलजस्तै गीतको भिडियोको कथावस्तु पनि मार्मिक बनाउने कार्यमा निर्देशक तथा क्यामेरा पर्सन अमृत सुनुवार सफल बनेका छन्। यस भिडियोमा गायक नागेन्द्र श्रेष्ठको गायन मात्र गुन्जिएको छ। हङकङमा रहेका गायक नागेन्द्र श्रेष्ठको लिपसिङ यस भिडियोमा भने हेर्न पाइदैन।

प्रस्तुत छ–गायक नागेन्द्र श्रेष्ठको साउन होइना् मेरा नजर किन त्यसै बर्सिदिन्छ बोलको गीतको नयाँ भिडियो–

प्रकाशन मिति–२०७४ साल पुष ७ गते शुक्रबार ।