काठमाडौ। नेपाली आधुनिक संगीतका बुनियाद गीतका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठको गायन रहेको कालजयी गीत साँझ ढलि गयो तिमी नहुंदा दिल यो बेचैन भयो बोलको गीत रिमेक भएको छ।

बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजीवको बुनियाद शव्द–रचना तथा अनिल शाहीको संगीत रहेको यो रिमेक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। पुरानो पुस्ताले अत्यन्त मन पराइएको यस रिमेक गीत भने अवलाई नयाँ पुस्तालाई टार्गेट गरेर सोही बमोजिम गीत तथा भिडियोमा नयाँपन दिएको दावी गायक नागेन्द्र श्रेष्ठको रहेको छ।

गीतको भिडियोमा गीतकै ख्यातिप्राप्त संगीतकार अनिल शाहीले बेजोड अभिनय गरेका छन्। अनिल शाहीलाई अभिनयमा अञ्जु चौलागाईले साथ दिएकी छन्। म्युजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका हुन्। छायाँकन मुकेश हुमागाईको रहेको छ।

प्रस्तुत छ–नागेन्द्र श्रेष्ठको कालजयी गीतको रिमेक गीतको नयाँ भिडियो


प्रकाशन मिति–२०७४ साल माघ २६ गते शुक्रबार ।