काठमाडौं। बुनियाद गीतका गजबका गीतकार डिपी दाहाल “परिश्रमी” को गीत–रचनामा अत्यन्तै मार्मिक तथा मर्मस्पर्शी गीत सार्वजनिक भएको छ। “संसार जितेर गएनी” वोलको देशप्रेमले भरिएको लिरिकल भ्वाइस गीत सार्बजनिक भएको हो।

पेशाले प्रतिष्ठित लेखापरिक्षक भएतापनि गीत संगीतमा सानै उमेरदेखि असाध्यै दिलो ज्यान दिने “परिश्रमी” को यो अत्यन्त भावुक, उपदेशात्मक र राष्ट्रिय भावनाले ओतप्रोत उत्कृष्ट गीत रहेको छ।

डिलाइटेड म्यूजिकको प्रस्तुतिमा ल्याइएको “संसार जितेर गएनी” गीतमा गायक निशान भट्टराईको गायन रहेको छ। संगीत अग्रज संगीतकार लक्ष्मण शेषले भरेका छन्।


प्रकाशन मिति–२०७६ साल असोज १६ गते विहीवार ।