काठमाडौं। बुलन्द आवाजका धनी रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोता सुरज श्रेष्ठको दुःखद निधन भएको छ।

शनिवार विहान २ बजे सुरज श्रेष्ठको निधन भएको हो। ४५ बर्षिय श्रेष्ठको विगत चार बर्षदेखि घरैमा बसेर उपचार गर्दैथिए।

केही सुधारजस्तो देखिएको अवस्थामा श्रेष्ठको निधन भएको समाचारस्रोतले जनाएको छ।

इमेज च्यानलको स्टेशन म्यानेजर बनेर लामो समय कार्य गरेका श्रेष्ठ दर्जनौ दर्जन म्युजिक भिडियोका निर्देशक तथा भिडियो सम्पादक पनि थिए।

नेपाली सञ्चार क्षेत्रमा श्रेष्ठको लामो योगदान रहेको छ। श्रेष्ठको एक छोरा, एक छोरी र श्रीमती रहेका छन्।
प्रकाशन मिति–२०७६ साल बैशाख २८ गते शनिवार ।