Laxmi Shrestha

काठमाडौ। स्थानीय चुनावमा यसपालि महिलाहरुको उत्साहजनक सहभागिता रहेको छ। सवै दल तथा पार्टीलाई स्थानीय चुनावमा अनिवार्य महिला सहभागिता गरेपछि चुनावी मैदानमा महिलाहरुको आकर्षण देखिएको छ। घरगृहिणी तथा चुल्होचोकामा मात्र सिमित महिलाहरुमा पनि राजनीतिक चेतनाको व्यापक अभिबृद्धि भएको पाइएको छ।

यसक्रममा ललितपुर महानगरपालिकाको उपमेयर पदमा लक्ष्मी श्रेष्ठ स्वतःस्फूर्त रुपमा उम्मेदवार बनेकी छन्। विभिन्न स्थानीय निकायमा विभिन्न सामाजिक संघ–संस्थाको माध्यमवाट समाज–सेवा गरेर बेग्लै पहिचान तथा स्थान कायम गर्न सफल सामाजिक अभियन्ता समेत रहेकी ललितपुर महापाल इखालखुकी स्थानीय बासिन्दा लक्ष्मी श्रेष्ठले नेकपा मालेको तर्फवाट उम्मेदवारी दिएकी हुन्।

जुनसुकै दल तथा पार्टी विशेष भएतापनि महिलाको आवाज बुलन्द गर्न तथा महिलाहरुको विद्यमान विभिन्न समस्याको दूर गर्न र ललितपुरलाई उन्नत पार्नका लागि मरेर लाग्ने कसमका साथमा उपमेयरको उम्मेदवार बनेकी लक्ष्मी श्रेष्ठमा दृढ सोच र संकल्प रहेको छ।

Laxmi Shrestha.1सोही सोच र संकल्पले आफूलाई अग्रता दिएको बताउने लक्ष्मी श्रेष्ठको चुनावी मुद्दा नै देश र जनताको हक र अधिकार सुनिश्चित गरी पछाडि पारिएका महिलाहरुको सशक्त आवाजलाई बुलन्द पार्नु हो। यस आवाजलाई साकार पार्न आफूलाई हँसियाभित्रको तारामा छाप लगाएर मतदान गरेर सहयोग गरिदिन ललितपुर महानगरपालिकावासीलाई उनले अनुरोध पनि गरेकी छन्।
प्रकाशन मिति–२०७४ साल बैशाख २२ गते शुक्रबार ।