काठमाडौ। बलिउड फिल्म अभिनेत्री तथा पूर्व मिस वल्र्ड ऐश्वर्य रायले लगाएको पर्पल कलरको लिपिस्टिकको कारण व्यापक बहस भैरहेको छ। ऐश्वर्यको पर्पल कलर लिपिस्टिकको बारेमा उनको ससुरा बलिउडका महानायक अमिताभ बच्चनले समेत मुख खोलेका छन्।

amitabh-aish

बुहारी ऐश्वर्यको पक्षमा बोल्दै ऐश्वर्यले पर्पल कलरको लिपिस्टिक लगाएर कुनै गल्ती नगरेको बच्चनको भनाई रहेको छ। कान्स फिल्म फेस्टिबलको रेड कार्पेट समारोहमा उपस्थित हुने क्रममा ऐश्वर्यले पर्पल कलरको लिपिस्टिक लगाएकी थिइन्।

सोही लिपिस्टिकको विषयमा विभिन्न बहस चलेकोमा ऐश्वर्य स्वयमले समेत आफू एक प्रडक्टको ब्राण्ड एम्वेसडर भएकोले प्रडक्टका मेकअप आर्टिष्टले गरिदिएको डिजाइन अनुसार आफू चलेकोमा त्यति धेरै बहस आवश्यक नभएको बताएकी थिइन्।
प्रकाशन मिति–२०७३ साल जेठ १९ गते बुधवार ।