काठमाडौ। नेपालमा बृद्धा आमाहरुको दुःख–सुखको कुरा गर्ने चौतारीको परिकल्पना गरेर सोही अनुरुप कार्य गर्दैआएको न्हापांगु पलाः नामक संस्थाको आयोजनामा सम्मान कार्यक्रम भएको छ।

संस्थाकी अगुवा शीला सायमीको संयोजन तथा अगुवाईमा काठमाडौको मरुहिटी भगवतीबारी स्थित शान्ति निकुञ्ज स्कुलको परिसरमा सम्मान कार्यक्रम भएको हो। ९८ बर्षिया बृद्धा आमा मोहनदेवी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा काठमाडौ क्षेत्र नंबर ८ का प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठ, प्रदेशसभा सांसद राजेश शाक्य तथा समानुपातिक प्रदेशसभासद जीवन डंगोललाई सम्मान गरिएको छ।

सोही सम्मान कार्यक्रममा इमेज च्यानलको नेपालभाषा समाचारबाचक केके मानन्धरलाई पनि सम्मानित गरिएको छ। साथमा बृद्धा आमाहरुलाई पनि सम्मानित गरिएको छ। कार्यक्रमको संचालन बरिष्ठ संचारकर्मी निर्मल बज्राचार्यले गरेका थिए।


प्रकाशन मिति–२०७४ साल माघ ६ गते शनिवार ।