काठमाडौ। नेपाली चलचित्र उद्योगको अत्यन्त प्रभावशाली नायिका निशा अधिकारी हिजोआज चर्चा भन्दा बाहिर रहेकी छन्। केही न केही कुराले सधै बोल्ड चर्चामा रहने नायिका अधिकारी यसरी चर्चाभन्दा बाहिर हुनुको गोप्य रहस्य भने बल्ल खुलासा भएको छ।

निशा यतिखेर गर्भवती रहेको कुरा निशा आफैले खुलासा गरेकी छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आफू पाँच महिनाको गर्भवती भएको खुलाएकी छन्। आमा हुन लागेको खुशीलाई पनि फेसबुक मार्फत नै खुलासा गरेकी छन्। नेपालका चर्चित क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी नायिका निशा अधिकारी विवाहको लगतै एकाएक नेपाली चलचित्र उद्योगवाट टाढिएकी थिइन्।

विवाहको लगतै आमा बन्ने सोचले नै त्यसरी टाढिएको हुनुपर्ने अनुमान यतिखेर सही निस्किएको छ। हाल अमेरिकामा रहेकी निशाले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ गत मंसिर १ गते प्रदर्शनमा आएको थियो। यसै कारण निशाले निर्माण गरिएको चलचित्र रिलिज हुंदा पनि उनी बेखवर जस्तो बनेकी थिइन्। अवको तीन महिना पछि निशा आमा बन्ने निश्चित भएको छ।

प्रकाशन मिति–२०७४ साल पुष १८ गते मंगलवार ।