काठमाडौं। चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले लकडाउनका कारण बेखर्ची बनेका चलचित्र पत्रकारहरुलाई राहत प्रदान गर्ने भएको छ। चलचित्र पत्रकार संघ नेपाल आवद्ध चलचित्र पत्रकारहरुलाई राहत प्रदान गर्न लागेको हो।

चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बलामीव्दारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कोरोनाभाइरस संक्रमणका कारण लकडाउन भैरहेको बर्तमान अवस्थामा धेरै चलचित्र पत्रकारहरु बेखर्ची बनेको परिप्रेक्ष्यमा नवनिर्वाचित कार्य समिति सदस्यहरुको सहयोगवाट राहत प्रदान गरिन लागेको भनिएको छ।

विपदमा बेखर्ची बनेका चलचित्र पत्रकारहरुलाई पर्सि सोमवार देखि खाद्य तथा स्वास्थ्य सामाग्री प्रदान गरिन लागेको जानकारी भिजन संसार डटकमसंगको कुराकानीमा चलचित्र पत्रकार संघ नेपालका महासचिव बलामीले दिएका छन्।


प्रकाशन मिति–२०७६ साल चैत २२ गते शनिवार ।