Chyangba Lama 3काठमाडौ। नेपाली ग्ल्यामर फोटोग्राफीमा धेरै फोटोग्राफरहरुको नाम अग्रपंक्तीमा आउने गरेका छन्। र आउने क्रममा पनि रहेका छन्। ग्ल्यामर फिल्डमा धेरै काम गरेर पनि चुपचाप बेखबर बनिरहेका खवरभित्रका खवर ग्ल्यामर फोटोग्राफर च्याङ्गवा लामा हुन्। च्याङ्गवा लामाको ग्ल्यामर फोटोग्राफीले अढाई दशक नाँघ्ने तर्खरमा पुगिसकेको छ।

Chyangba Lama 6

यतिधेरै बर्ष पुगिसक्दा पनि नाम भन्दा काममा अत्यन्त व्यस्त बनेका बेखबर च्याङ्गवा लामा यसो हुनुमा आफै व्यस्त भएर होला भन्न चुक्दैनन्।

तथापि, च्याङ्गवा लामालाई नजिकवाट बुझ्नेहरु सरल तथा निडर स्वभावका च्याङ्गवा नामजस्तै मायालु देखिन्छन्।

जोसँग फोटो खिचाउने ग्ल्यामर क्षेत्रका कलाकारहरु सकेसम्म च्याङ्गवालाई नै खोजी–खोजी फोटो खिचाउन मरिहट्टे गर्ने गर्छन्।

Chyangba Lama 1

यसो हुनुको पछाडि च्याङ्गवाको ग्ल्यामर फोटोग्राफीको कमाल नै हो। जीवन्त फोटो खिच्न जुनसुकै एंगल तथा फ्रेमिङ्ग गर्नपनि तत्काल जानेका च्याङ्गवा फोटोग्राफीमा निक्कै सरलता र सहजता खोज्ने फोटोग्राफर भएकाले पनि च्याङ्गवामा कलाकारहरु आकर्षित बनेका हुन्। कयौं बर्ष नेपालका टप भनिएका ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठको असिस्टेन्ट फोटोग्राफर बनेर कार्य गरेको बताउने च्याङ्गवा राजीव श्रेष्ठकै कारण ग्ल्यामर फोटोग्राफर बनेका हुन्।

Chyangba Lama 4

पछिल्लो समय अग्रज फोटोग्राफर तथा अभिनेता पवन जोशीको मार्गनिर्देशन र सामिप्यताले अग्रतामा आउन सफलता प्राप्त गरेको बताउने च्याङ्गवा नेपालमा आकर्षक फोटो फ्रेमिङ्ग भित्राउने अगुवाको रुपमा लिइने गरेको छ।

कसैको फोटोग्राफीको फ्रेमिङ्ग गर्नुपरेमा काठमाडौको बानेश्वर बुद्धनगरस्थित च्याङ्गवाको फोटो ग्यालरी पुग्ने गर्दछन्। जहाँ नेपालका एक से एक कलाकारहरु पनि आ–आफ्ना फोटोका फ्रेमिङ्ग गर्ने र गराउन व्यस्त बन्ने गरेको पाइन्छ।

Chyangba Lama 2मेहनत र इच्छाशक्तिले बनेका च्याङ्गवाको आफ्नै पहिचान र सोच रहेको छ। सोही पहिचान र सोचअनुरुप उनी अगाडि बढ्रिहेका छन्। जुन च्याङ्गवाको आफ्नै मर्जी हो। आफ्नै मर्जीमा काम गर्नुको मज्जा नै बेग्लै भएको च्याङ्गवाको भनाई रहेको छ।

Chyangba Lama 5प्रकाशन मिति–२०७४ साल साउन ११ गते बुधवार ।