ललितपुर। बेमान नभएतापनि बेमान नामवाट व्यापक चिनिएका ख्यातिप्राप्त हांस्य अभिनेता रवि डंगोललाई आफूभन्दा उमेरले धेरै कान्छी नायिकासंग अभिनय गर्नुपर्दा गाह्रो परेको छ। नेपालभाषा चलचित्र उद्योगकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गीलाई नायिका बनाएर अभिनय गर्नुपर्दा बेमान रवि डंगाललाई गाह्रो परेको हो।

बेमान रवि डंगोलकै भाषामा भन्ने हो भने, छोरी उमेरकी नायिकालाई प्रेमिका वनाएर अभिनय गर्नुपर्दाको प्रारम्भमा गाह्रो भएको हो। उनै नंबरी नायिका आराध्यलक्ष्मीकै निर्देशन तथा सोहन मानन्धरको छायाँकन एवम् सम्पादनमा निर्माण भएको जि थौ म्हना च्वंगु बोलको गीतको भिडियोमा काम गर्दा बेमानलाई पहिला गाह्रो भएतापनि पछि मज्जा लागेको बेमान रवि डंगोलकै भनाई छ।

नंबरी नायिका आराध्यलक्ष्मीको कल्पनामा रमेर उनैसंग नाचेर रम्दाको बेग्लै पाराको बेग्लै कथावस्तुमा लास्टाँ तितो सत्यकै उही विजुली मञ्जु श्रेष्ठले एक गाग्री पूरै पानी खन्याइदिएपछि बेमान रवि डंगोलको रंगिन कल्पनावाट व्युँतिएको गजबको प्रसंग रहेको छ। यही गीतको भिडियोवाट बेमान रवि डंगोल र विजुली मञ्जु श्रेष्ठको मिलेको जोडीको १२ बर्षपछि पूर्नरागमन भएको छ। बेमानलाई विजुली मिलाउने कार्य पनि नंबरी नायिका आराध्यलक्ष्मीकै कन्सेप्टवाट भएको हो।

मोहन शाक्य र आशा नकर्मीको गायन तथा उस्ताद भीमवहादुर नकर्मीको शव्द–संगीत र सवैको मनमा बस्न सफल संगीतकार मनराजा नकर्मीको संयोजन र रुपन गुरुङको  एरेञ्ज गीतमा रहेको छ। पुराना ख्यातिप्राप्त उस्ताद भीमवहादुर नकर्मीले उहिले जमानामा रचेको शव्दमा कान्छी उमेरकी नायिकालाई प्रेमिका वनाएर जमाना अनुसारको नयाँ स्वादको अभिनय गर्न पाउंदा बेमान रवि डंगोललाई अभिनयको नयाँ स्वाद नै लागेको छ। का–बेमान बेस्वाद नै भएन भनेर ठट्टा गर्न बेमान रवि डंगोलले भिजन संसार डटकमसंग चुकेनन्।

https://www.youtube.com/watch?v=T4BPe47BPjw&feature=share&fbclid=IwAR1BVZoNoETnjALBCjP_GmyVXyX7mwJjyVH_1DDfkA7YI5OC1ooiJdMg8tY

प्रकाशन मिति–२०७७ साल फागुन १६ गते आइतवार ।