Cycling in UKलण्डन। बेलायतमा रहेका चारजना नेपाली युवाहरुले साइकल दौडमा भाग लिएर दृष्टिविहीनहरुलाई सहयोग गर्ने भएका छन्। ब्रिटिश हर्ट फाउण्डेशनको आयोजनामा लण्डनमा हुन गैरहेको साइकल दौडमा भाग लिएर पश्चिम नेपालको बागलुङ्ग जिल्लाका दृष्टिविहीनहरुलाई सहयोग गर्न कम्मर कसेका हुन्।

त्यसरी कम्मर कस्ने युवाहरुमा कृष्णप्रसाद पंगनी (स्याङ्गजा), अर्जुन खनाल(स्याङ्गजा), प्रकाश थापा(बुटवल) र शिव न्यौपाने(रुपन्देही) रहेका छन्। उनीहरुले साइकल दौडका क्रममा उठाएका सहयोग रकम बागलुङ्गका दृष्टिविहीनहरुका लागि सेतो छडी, शैक्षिक तथा खेल सामाग्री खरिद गर्न प्रयोग गरिने भएको छ। यही ३१ जुलाईमा हुन गैरहेको उक्त कार्यक्रममा दिएको सवै रकम युकेमा दाताहरुले दिएको सबै रकम युकेमा रजिष्टर्ड च्यारिटी हेल्पनेपाल नेटवर्क युके शाखासंगको सहकार्यमा नेपाल पठाइनेछ।

यो अभियानमा सघाउन इच्छुक दाताहरुले यो लिङ्कमा गएर अनलाइन डोनेशन गर्न सक्नुहुनेछ। https://www.justgiving.com/fundraising/Krishna-Pangeni-Praskash-Thapa-Arjun-Khanal-Shiva-Neupane-Krishna-P-Sharma \ थप जानकारीकालागि कृष्णप्रसाद शर्मालाई फोन 07415360712 वा इमेल kps2010@hotmail.co.uk मा सम्पर्क गर्न पनि आयोजकहरुले अनुरोध गरेका छन्।
प्रकाशन मिति–२०७३ साल साउन २ गते आइतवार ।