UK mapकाठमाडौ। युरोपियन युनिएन ईयुमा रहने कि नरहने भन्ने बिषयमा भएको जनमत संग्रहमा बेलायत अलिगिने भएपछी ईयुमा रहने पक्षमा रहेका बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिने घोषणा गरेपछी भावी प्रधानमन्त्रीका लागि बिभिन्न नेताहरुले दाबेदारी प्रस्तुत गरेका छन्।

गृहमन्त्री थेरेसा मे र बेलायतका पूर्व मेयर बोरिस जोनसन टोरीले प्रधानमन्त्रीका लागि नाम प्रस्ताव गरेका छन् । यसैबीच पूर्व रक्षा मन्त्री लियाम फाक्स र पेन्सन मन्त्री स्टीफन करैबले पनि प्रधानमन्त्रीका लागी आफूहरु लायक भएको भन्दै भावी प्रधानमन्त्रीका लागि नाम पेश गरेका छन्। प्रधानमन्त्रीको फैसला आगामी सेप्टेम्बर ९ मा हुनेछन्। (एजेन्सी)
प्रकाशित मिति–२०७३ साल असार १६ गते विहीवार ।