Queen Elijabeth

लण्डन। बेलायतकी महारानी एलिजाबेथले लण्डन र म्यानचेष्टरमा भएका आक्रमण र लगत्तै लण्डनको ग्रीनफेल टावरमा भएको आगलागीमा भएको पछिल्ला दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापी रुपमा उदासिनता देखिएको र यसबाट भाग्न मुश्किल भएको बताएकी छन्।

शनिबार महारानी एलिजाबेथले राज्यद्वारा परम्परागत मनाइदै आएकोे जन्मोत्सवका अवसरमा दिएको सन्देशमा महारानीले पछिल्ला हप्ताहरुमा बेलायतले एकपछि अर्को दुखद् घटनालाई बेहोर्नुपरेको भनेकी छन्। महारानीले परम्परागत रूपमा आज खुशी मनाउने दिन भएतापनि केही महिना यता भएका दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापीरुपमा पीडाको अनुभुति भएको जिकिर गरेकी छन्।

बेलायतमा महारानीको जन्मदिन दुईपटक मनाउने प्रचलन छ । महारानीको वास्तविक जन्मदिन अप्रिलमा भएपनि जन्मदिनलाई भब्य वनाउन राम्रो मौसमका लागि गृष्मकालिन आजको दिन जुन १७ लाई भब्य समारोहकावीच मनाउने परम्परागत चलन रहेको छ।

गत बुधबार पश्चिम लण्डनस्थित आवासीय भवनमा आगलागी हुँदा कम्तिमा ३० जनाको ज्यान गुमेको र अझै केही वेपत्ता रहेका छन्। दुर्घटनामा थप कति परे भन्ने आँकडा भने आइसकेको छैन्। रासस/सिन्ह्वा

UKप्रकाशन मिति–२०७४ साल असार ३ गते शनिवार ।