लण्डन। नेपालभाषा र नेवारी कला तथा संस्कृतिको संरक्षणमा बेलायतको अब्बल संस्था पासा पुचः गुठी साउथ–इष्टले सातौ अधिवेशन संपन्न गरेको छ।

छैठौ अधिवेशनवाट अध्यक्षमा निर्वाचित बेलायतका सामाजिक अभियन्ता तथा व्यापारी सुशील प्रजापति सातौ अधिवेशनमा भने निर्विरोध निर्वाचित बनेका छन्।उपाध्यक्षहरुमा मदनकुमार श्रेष्ठ, रिता श्रेष्ठ र माधवलाल श्रेष्ठ चुनिएका छन्। महासचिव नगेन्द्र श्रेष्ठ, सचिव भीमलक्ष्मी शाक्य, सांस्कृतिक सचिव विनोद चिपालु, सांस्कृतिक सह–सचिव सत्यप्रसाद प्रजापति, कोषाध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, सहकोषाध्यक्ष सोनी श्रेष्ठ र सदस्यहरुमा धनमाया महर्जन, ईश्वर महर्जन, रमेश जोशी, कृष्ण बैद्य, राजकुमार शाक्य निर्वाचित बनेका छन्।
प्रकाशन मिति–२०७५ साल असार ५ गते मंगलवार ।