लण्डन । बेलायतमा भएको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टी फेरि एक पटक सत्तामा आउने भएको छ। मतदानलगत्तै इब्सोस मोरीले बीबीसीका लागि गरेको सर्वेक्षणमा प्रधानमन्त्री बोरिस जोनसनको दल कन्जर्भेटिभ पार्टीको बहुमत आउने संकेत देखिएको बीबीसीले जनाएको छ।

सर्वेक्षण अनुसार ६५० सीटको संसदमा कन्जर्भेटिभ पार्टीको ३६८ मत, लेबर पार्टीको १९१, लिबरल डेमोक्र्याट्स्को १३ र एसएनपीको ५५ सिट आउने अनुमान गरिएको छ। कन्र्जभेटिभ पार्टीको २०१७ को निर्वाचनको नतिजा अनुसार ५० सीट थप हुने संकेत देखिएको समाचारमा जनाइएको छ।

हालैका वर्षहरुमा बेलायतमा मत सर्वेक्षणहरु फलदायी भएको बताइएको छ। सन् २०१७ को निर्वाचनमा पनि त्रिशंकु संसदको पूर्वानुमान सही सावित भएको थियो। आफ्नो पहिलो प्रतिक्रियामा प्रधानमन्त्रीले बोरिस जनसनले सम्पूर्ण देशवासीलाई धन्यवाद दिएका छन् । उनले मतदाताले साथ दिएर विश्वको सबैभन्दा महान लोकतन्त्रमा रहेको पुष्टि गरेको बताए।

तर लेबर पार्टीका सैडो चान्सलर जान मैकडानलले मत सर्वेक्षण सत्य नरहेको र अत्यन्त निराशाजनक रहेको प्रतिक्रिया दिएका छन्।
यसैबीच मत सर्वेक्षणको नतिजा सार्वजनिक भएलगत्तै पाउण्डको मूल्य बढेको छ। अमेरिकी डलरको तुलनामा ३ प्रतिशतले वृद्धि भएको छ जुन गत वर्षको मेदेखि यताकै उच्च हो।
प्रकाशन मिति–२०७६ साल मंसिर २७ गते शुक्रवार ।