काठमाडौ। बेलायतको इतिहासमा पहिलो पल्ट त्यहाँको मेयरमा नेपालीको जित भएको छ। बेलायतको स्वान्ली टाउन काउन्सिल केन्टको मेयर पदमा बुधवार भएको निर्वाचनमा लामो समयदेखि बेलायतमा बसोबास गर्दैआएका शंकर गैरे निर्वाचित भएका छन्।

Shankar Gaire & Laxmi Gaire 1पश्चिम नेपालको गुल्मी जिल्लाको रुपाकोटमा जन्मेका नेपाली मेयर शंकर गैरेले निर्वाचित भएको लगतै शतप्रतिशत अंग्रेजहरुको बसोबास भएको क्षेत्रमा मेयर बन्न पाउंदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिएका छन्। यसअघि उपमेयर बनिसकेका मेयरमा निर्वाचित गैरेलाई बुधवार नै स्वान्लीका पूर्वमेयर तथा काउन्सिलर जोन बार्नेस्लेले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका थिए।

नव–निर्वाचित मेयर गैरे सन् १९९४ सालमा नेपालवाट बेलायत आएका हुन्। उनी स्वान्ली क्षेत्रमा गत १३ बर्षदेखि बस्दैआएका छन्। गैरे नेपाली साहित्य विकास परिषद युके, यति नेपाली एशोसियसन युके, कोसेली नेपाली सांस्कृतिक परिवार, ब्रिटेन नेपाली सिभिक फोरम लगायतका संस्थामा आवद्ध रहेका छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख ३१ गते शुक्रबार ।