samaya dristi practice 1काठमाडौ। नेपाल बाहिर प्रवास बेलायतमा नेपाली रंगमञ्चको उत्कृष्ट नाटक समय दृश्य फेरि मञ्चनको व्यापक तयारी तथा रिहर्सल भैरहेको छ। यही जुलाई ३० तारिखका दिन लण्डनको समय अनुसार साँझ ६ बजे हनस्लो आर्ट सेन्टरमा मञ्चन हुन गैरहेको छ।

samaya dristi practice 2त्यसको पूर्वसन्ध्यामा नाटक समय दृश्यका निर्देशक बरिष्ठ रंगकर्मी सनम कुमार बैरागको लण्डनमा निक्कै व्यस्तता बढ्ेको छ। दिनहुँ जस्तो बेलायतमा रहेका कलाकारहरुलाई नाटकको परिमार्जित टेक्निक देखि विविध तकनिकीहरु सिकाउने कार्य निर्देशक बैरागवाट भैरहेको छ।

samaya dristi practice 3

तीन दशक लामो रंगमञ्चको खारिएको अनुभवले बेलायतमा रहेका कलाकारहरुलाई रंगकर्म सिकाउने कार्य गर्दैआएका निर्देशक बैरागको मायालु पारिवारिक व्यवहारले कलाकारहरु अत्यन्त हौसिने गरेको पाइएको छ।

samaya dristi practice 4मातृभूमि नेपालको माटोको यथार्थ कथा बोकेको मार्मिक नाटक समय दृश्यलाई अझ गहन तथा प्रभावकारी वनाउनमा कलाकारहरुले अत्यन्त मेहनत गरिरहेको जानकारी पनि निर्देशक बैरागले भिजन संसारसंगको कुराकानीमा भनेका छन्। यसअघि गत अप्रिल २३ तारिखका दिन लण्डनको रिडिङ्गमा यस नाटकको मञ्चन भैसकेको छ।
प्रकाशन मिति–२०७३ साल साउन १० गते सोमवार ।