काठमाडौ। बेलायतको राजधानी लण्डनको प्लमस्टेट स्थित गोर्खा क्लबमा पहिलो पल्ट मनमोहक चित्रकला प्रदर्शनी संपन्न भएको छ। नेपालवाट बेलायत पुगेकी प्रोफेसनल फाइन आर्टिष्ट संझना राजभण्डारीका मनमोहन चित्रकलाको गोर्खा क्लवमा प्रदर्शनको आयोजना भएको हो।

गोर्खा क्लबमा संचालक मनिष कुमार श्रेष्ठका अनुसार, बेलायत स्थित नेपाली राजदूतावासमा कलाकार राजभण्डारीको चित्रकला प्रदर्शनी पश्चात गोर्खा क्लबमा प्रदर्शन भएको हो। आकर्षक मनमोहक एक्रलिक चित्रहरुले नेपाललाई बेलायतमा सजिब रुपमा प्रस्तुत गर्ने कार्य भएको गोर्खा क्लबका संचालक तथा नेपाली चलचित्रका अभिनेता मनिष कुमार श्रेष्ठको जिकिर तथा दावी रहेको छ।

जुन ८ तारिखमा आयोजित कार्यक्रमामा संझना राजभण्डारीको कला र कलाकारिताको कदर गर्दै बेलायत स्थित पासा पुचःगुठी युकेले सम्मान र अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको जानकारी श्रेष्ठले भिजन संसारलाई दिएका छन्। राजभण्डारीका प्रदर्शित चित्रहरु गुठीका धेरै सदस्यहरुले खरिद गरेका थिए।

कार्यक्रममा प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खस, इनास युकेका अध्यक्ष रजनी सुनुवार, साउथ–इष्ट युथ एशोसियसनका अध्यक्ष लछुमन गुरुङ, पासा पुच गुठी केन्द्रिय अध्यक्ष कुमार श्रेष्ठ, साउथ–इष्ट पासा पुच गुठीका बरिष्ठ उपाध्यक्ष मदन कुमार श्रेष्ठ, अध्यक्ष सुशिल प्रजापतिले आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रमको संचालन आयोजक संस्था गोर्खा क्लबका संचालक मनिष कुमार श्रेष्ठले गरेका थिए।

प्रकाशन मिति–२०७५ साल जेठ २९ गते मंगलवार ।