Prativa Nachhetra 2017 Uk 1

काठमाडौ। दक्षिण पूर्वी लण्डन अर्थात् नेपालीहरुको घना बस्ती भएको ठाउँ प्लमस्टेडमा भब्य ‘प्रतिभा नक्षत्र २०१७’ आयोजना गरिने भएको छ। नेपाली कला र संस्कृतिलाई माया गर्ने प्रवासी नेपालीहरुको परिकल्पनामा तयार भएको यो कार्यक्रम प्लमस्टेडको एसियन कम्युनिटी हलमा तयारी लगभग सकिएको छ।

प्रवासी नेपालीलाई एकै ठाउमा ल्याएर आ–आफ्नो पहिचान र संस्कृति झल्काउने सामरिक महत्वका बिज्ञानलाई साटासाट गर्न प्रतिभा नक्षत्र २०१७ को आयोजना गर्न लागिएको हो। कार्यक्रमको आयोजकमा खस समाज, गोर्खा क्लब, अन्तराष्ट्रिय नेपाली कलाकार समाज,बेलायत, बुद्ध फाउन्डेसन , जमघट परिवार, युथ एसोसियन र बिशेष सहयोगीमा आरजी एन सोसाईटी, साहित्य चौतारी, कपिलवस्तु समाज, मगर समाज, पासा पुचः गुठी, तमुधि युके,थकाली समाजलगायतका संघसंस्था रहेका छन्।

कलाकार तथा सामाजिक अभियन्ता मनिषकुमार श्रेष्ठको संयोजनमा तयारी भइरहेको कार्यक्रमलाई राजेन्द्र खसले परिकल्पना गरेका हुन्। कार्यक्रममा चर्चित कोरियोग्राफर तथा समाजसेवी शिप्मी पुनलेले कोरियोग्राफी गर्नेछिन्। आउँदो अगस्ट १३ मा आयोजना हुन लागिरहेको कार्यक्रममा कला, साहित्य, संगीतलगायतका क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने नक्षेत्रहरुलाई सम्मान गरिने भएको छ।

Prativa Nachhetra 2017 Uk 2प्रकाशन मिति–२०७४ साल साउन १२ गते विहीवार ।