Bijay Dangol UK3लण्डन। गत जुलाई २९ का दिन मरक्युरे लण्डन वान्टफोर्ड होटेलमा भएको मिस्टर एण्ड मिस ब्रिटिश एम्पायर २०१५ को अन्तिम प्रतिस्पर्धाबाट मिस्टर एडिन्बर्ग टाइटल अवार्ड पाउन विजय डंगोलले सफलता पाएका थिए। बेलायतमा एक नेपालीले पाएको यो ऐतिहासिक सफलताको रुपमा मानिएको छ।

४३ बर्षिय ज्यानदार नेपाली मोडल विजय डंगोल यस सफलतावाट निक्कै उत्साहित बनेका छन्। त्यसमाथि मिस्टर एडिन्बर्ग डंगोल सहितको मिस्टर एण्ड मिस ब्रिटिश एम्पायर २०१५ का विजेताहरुको तस्वीर सहितको आकर्षक नयां बर्ष २०१६ सालको क्यालेण्डर प्रकाशित भएको छ।

बेलायतका एक से एक प्रतिष्ठित मोडलहरुका साथमा नेपाली मोडल डंगोलको चित्ताकर्षक तस्वीर नयाँ बर्षको क्यालेण्डरमा प्रकाशित हुनुलाई मोडल डंगोलले आफ्नो मोडलिङ्ग करियरको टर्निङ्ग प्वाइन्ट भनेका छन्।

यो तलको लिन्कमा क्लिक गरेर क्यालेन्डर किन्नु सक्नु हुनेछ।
Portfolio Photography
प्रकाशन मिति–२०७२ साल पुष १ गते बुधबार ।