लण्डन । बेलायतको सवैभन्दा पुरानो तथा प्रतिष्ठित नेपाली संस्था यती नेपाली एसोसियसन युकेको इतिहासमा अध्यक्ष पदमा महिला निर्वाचित बनेकी छन्। यतीले पहिलो पल्ट महिला अध्यक्षको नेतृत्व पाएको छ।

Yeti Nepali Uk2लण्डनमा शनिवार संपन्न यतीको साधारणसभाले बेलायतमा प्रतिष्ठित नेपाली महिला पिपला देवानलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरिएको प्रमुख निर्वाचन आयुक्त राजकुमार त्रिपाठीले भनेका छन्। त्रिपाठीका अनुसार बरिष्ठ उपाध्यक्षमा शशीधर नेपाल, महासचिवमा बाचस्पति रेग्मी, सहमहासचिवमा राजेन्द्र सुवेदी, कोषाध्यक्षमा जीवन सेन, प्रकाशन सचिव एभरेष्ट गौतम, सामाजिक सचिव देव गुरुङ्ग, खेलकुद सचिव लव लामिछाने शर्मा र सांस्कृतिक सचिवनमा मनोज अञ्जान चुनिएका छन्। सदस्यहरुमा निला श्रेष्ठ, टिना थापा, डम्बर सिंह, तिलकबहादुर गुरुङ लगायत छन्।

Yeti Nepali Uk3

उपाध्यक्षमा ठाकुर शर्मा र डा. मिन रानाभाटले उम्मेदवारी दिएपछि त्यसको चाहिं छिनोफानो हुन सकेन । त्यसैदिन चुनाव गर्न सम्भव नभएपछि डा. राघवप्रसाद धिताल, ध्रुव केसी, उमेश मोक्तान, विजय थापा, मदन थापा, हरि केसी र वसन्त रायक्षेत्री सम्मिलित एक मण्डलले एक महिनाभित्र विधान संशोधन गरेर दुवैलाई उपाध्यक्ष बनाउने वा निर्वाचन गराउने भन्नेबारे राय सुझाव पेश गर्ने जनाइएको छ।

Yeti Nepali Uk1एसोसिएसन अध्यक्ष उमेशराज मोक्तानको अध्यक्षतामा भएको 
साधारणसभामा प्रमुख अतिथी कांग्रेस केन्द्रिय सदस्य, पूर्वमन्त्री 
एवं वर्तमान सभासद डिना उपाध्याय, यतीका प्रमुख संरक्षक डा. 
राघवप्रसाद धिताल (ओबीइ) लगायतले शुभकामना दिएकाथिए। सभासद उपाध्यायले देशको राजनीतिक घट्नाक्रमबारे बोल्दै मधेशी लगायतका समस्या अन्त्यका लागि वार्ता नै उपयुक्त माध्यम भएको बताइन्।

साधारणसभामा महासचिव शशीधर नेपालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कोमल मल्लले आय व्यय विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा बेलायतस्थित पाका समाजसेवीहरुको बाहुल्यता थियो।
प्रकाशन मिति–२०७३ साल जेठ १७ गते सोमवार ।