लण्डन। तमुधिं यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्विरोध निर्वाचित भएका छन्। बेलायतस्थित नेपाली संस्थाहरुमा प्रभावशाली संस्थाको रुपमा रहेको तमुधिं युकेको अध्यक्षमा गुरुङ निर्विरोध निर्वाचित भएको हो। कोभिड महामारीलाई मध्यनजर गरेर भर्चुअल रुपमै भएको कार्यक्रमवाट अध्यक्षमा गुरुङलाई सर्वसम्मतिले चुनेको तमुधिं यूकेले जनाएको छ।

तीन जना उपाध्यक्षमा हरि गुरुङ, जुमकाजी गुरुङ र तुलाराम गुरुङ र महासचिवमा परशुराम गुरुङ, कोषाध्यक्षमा कमल कोने गुरुङ लगायत २९ जनाको कार्यसमिति सबै पद निर्विरोध चयन भएको छ।  अध्यक्षमा निर्विरोध भएका हितकाजी गुरुङ पश्चिम नेपालको पर्बतको दुर्लुङ्गमा जन्मिएका हुन्। पर्बत वेलफेर सोसाइटी युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार एबम अन्तरास्ट्रिय पर्बत समाजको प्रमुख संरक्षक हुन्।

यसैगरी संस्थाको उपाध्यक्षमा पर्वतका हरि गुरुङ र जुमकाजी गुरुङ निर्बाचित भएका छन्। दुवै जना पर्बत वेलफेर सोसाइटी युकेका सल्लाहकार हुन्। नयाँ समितिको कार्यकाल दुई वर्षको हुनेछ।
प्रकाशन मिति–२०७७ साल मंसीर ३० गते मंगलवार ।