Gajalu in UKकाठमाडौ। बेलायत स्थित इन्टरनेशनल नेपाली फिल्म एकेडेमीको आयोजनामा पहिलो पल्ट बेलायतको अल्डरसटको प्रसिद्ध सिनेमा हल सिने वल्र्डमा नेपाली चलचित्र गाजलुको विशेष प्रदर्शन गरिएको छ। आइतवार आयोजित विशेष प्रदर्शनमा चलचित्र गाजलुकी नायिका तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।

डेढ साताका लागि समय निकालेर नेपालवाट बेलायत पुगेकी पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले आफू अभिनित चलचित्र गाजलु सिने वल्र्डमा प्रदर्शन हुनुलाई अत्यन्त गौरबको विषय भएको बताएकी छन्। अल्डरसटको सिने वल्र्डको विशेष प्रदर्शन पछि यही अगष्ट २६, २७ र २८ मा बेलायतका १० वटा थप सिने वल्र्ड हलहरुमा प्रदर्शन हुने भएको छ।

Gajalu in UK.1

लण्डनको चिस्विकमा मुख्यालय रहेको सिने वल्र्ड युरोपको दोश्रो ठूलो सिनेमा अपरेटर मानिन्छ। जसका ९ शहरमा मात्र पनि २ हजार सिनेमा हलहरु रहेका छन्। यसअघि सिने वल्र्डमा बलिउड र हलिउडका फिल्म मात्र रिलिज हुंदैआएकोमा गाजलुको प्रदर्शन यता नेपाली फिल्महरु पनि रिलिज हुने भएको छ।

जसवाट नेपाली फिल्मले अन्तरराष्ट्रिय बजार पाउने निश्चित जस्तो भएको बेलायतमा रहेका नेपालीहरुको भनाई रहेको छ। चलचित्र गाजलु अघि जति पनि नेपाली चलचित्रहरु बेलायतमा रिलिज भए, ती सवै कम्युनिटी हल, रेष्टुरेन्ट तथा विभिन्न स्थानहरुमा सामान्य प्रोजेक्टरको माध्यमवाट देखाइने गरिदै आएका थिए।
प्रकाशन मिति–२०७३ साल भदौ ६ गते सोमवार ।