काठमाडौं। बेलायतमा कोरोनाभाइरस (कोभिड–१९) को नयाँ संक्रमण देखिएयता बेलायतमा कडाइ गरेको छ। बेलायतमा देखिएको उक्त संक्रमण अन्यत्र पनि फैलिने डर देखिएकोले प्राय देशले सतर्कता अपनाउन थालेको छ।

यसक्रममा नेपाल सरकारले बेलायतबाट नेपाल आउनेहरुको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुदै नेपाल आउन समेत रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताएका छन्। युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको सचिव गुरागाईले वताएका छन्।

बैठकले पुस १ गते यता बेलायतवाट नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वरेण्टाइन बसि जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ।
यस्तै आज मंगलवार नेपाल आउन ट्रान्जिटमा रहनेहरुले अनिवार्य रुपमा १० दिन होटल क्वरेण्टाइन बसि परिक्षण गरेर मात्र घर जान पनि नेपाल सरकारले अनुरोध गरेको छ।


प्रकाशन मिति–२०७७ साल पुस ७ गते मंगलवार ।