काठमाडौं। बेलायतमा देखिएको कोरोनाभाइरस (कोभिड–१९) को नयाँ संक्रमण नेपालमा पनि देखिएको छ। बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएपछि नेपालमा देखिएको हो।

केही दिनअघि बेलायतवाट नेपाल आएका उनीहरुमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ प्रकारको भाइरस देखिएका मध्ये २ जना निको भई घर गएका र १ जना आइसोलेसनमा नै रहेको वताएका छन्। बेलायतवाट आएका मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसमध्ये तीन जनामा नयाँ प्रकारको भाइरसको संकेत देखिएको भन्दै मन्त्रालयले श्वाव परीक्षणका लागि हङकङ पठाएको थियो।

यस मध्ये २८ वर्षकी महिला र ३२ वर्षका पुरुष हाल संक्रमणमुक्त भइसकको तर ६७ वर्षीय पुरुषमा भने अझै पनि संक्रमण कायम रहेको जनाइएको छ। बेलायतमा देखिएको नयाँ संक्रमण नेपालमा पनि महामारीको रुपमा फैलिन नदिन सवै सचेत हुनुपर्ने तथा स्वास्थ्यका सवै मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयले सवैलाई अपिल गरेको छ।


प्रकाशन मिति–२०७७ साल माघ ५ गते सोमावार ।