नायिका मिरुना थापा मगरको प्रभावकारी रोल मोडलिङ

काठमाडौ। बेलायतवासी नेपाली समुदायलाई अत्यन्त उत्कृष्ट फाइनान्सियल सेवा प्रदान गर्ने कार्यमा ए–स्टार फाइनान्सियल सोलुसन युके देखिएको छ। यस कंपनीवाट बेलायतवासी नेपाली समुदायलाई अझ सेवा दिन तथा नेपालीहरुलाई यसको प्रभावकारी सूचना अनि सन्देश प्रदान गर्नका प्रचार तिब्र गरिन थालेको छ।
UK Sanam ADVयसक्रममा यस कंपनीको प्रभावकारी विज्ञापन पनि निर्माण भएको छ। जुन विज्ञापनमा दुई नेपाली चलचित्र लाहुरे तथा लालपूर्जाकी नायिका मिरुना थापा मगरले रोल मोडलिङ गरेकी छन्। हाल बेलायतमा रहेकी नायिका थापा मगरले यस विज्ञापनमा खेल्दा अत्यन्त गौरबको अनुभुति भएको प्रतिक्रिया व्यक्त गरेकी छन्।

बेलायतमा नै रहेका नेपाली रंगकर्मका अग्रज व्यक्तित्व तथा लेखक–निर्देशक सनम कुमार बैरागले निर्माण गरेको यस विज्ञापन अत्यन्त प्रभावकारी भएको कंपनीका प्रिन्सिपल मीन दर्लामीले भनेका छन्।

बेलायतमा नेपाली मूलको पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजरको रुपमा ख्याति कमाइसकेका प्रिन्सिपल दर्लामीले यो विज्ञापनको लक्ष्य तथा उदेश्य भनेको नै बेलायतवासी नेपाली समुदाय समक्ष कंपनीको सन्देश अझ विस्तार गर्नु हो र लक्ष्यअनुरुप विज्ञापन बनेको तथा सोही अनुरुप कार्य भएको बताएका छन्।

कंपनीले रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, बील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिस प्रदान गर्ने कार्य गरिदै आएको पनि प्रिन्सिपल दर्लामीले जानकारी दिएका छन्।

प्रस्तुत छ–कंपनीको प्रभावकारी यो विज्ञापन

प्रकाशन मिति–२०७४ साल असोज २७ गते शुक्रबार ।