Donald Trump No entry in UK 1लण्डन । अमेरिकामा ६ मुस्लिम राष्ट्रका आप्रवासीहरुलाई प्रवेश निषेधको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायत भ्रमण रोक्न हस्ताक्षर अभियानमा शुरु गरेका छन्। उनीहरुले मुस्लिमलाई अमेरिकामा रोक लगाए जस्तो बेलायत प्रवेशमा ट्रम्पलाई निषेध भनेर १० लाख हस्ताक्षर संकलन गरिसकेका छन्।

ट्रम्पविरुद्धको हस्ताक्षर अभियान तीव्रगतिले बढिरहेको बीबीसीले जनाएको छ। यसअघि बेलायतकी प्रधानमन्त्री टेरीजा मेले अमेरिका भ्रमणको बेला ट्रम्पलाई बेलायत आउने निम्ता दिएकी थिइन्।हस्ताक्षर अभियानकर्ताहरुले ट्रम्पलाई बेलायतमा निम्त्याउनाले बेलायतबासीको बेइज्जत हुने भन्दै ट्रम्पको भ्रमण स्थगित गर्न आग्रह गरेका छन्।

Donald Trump No entry in UK 2

बेलायतका लेबर पार्टीका नेता जेरेमी कोर्बिनले हस्ताक्षरकर्ताको अभियानलाई समर्थन गरेका छन्। लिबरल डेमोक्रेटिकका नेता टिम फारोनले पनि हस्ताक्षरकर्ताको अभियानलाई समर्थन गर्दै डोनाल्ड ट्रम्पको नैतिकतामाथि नै प्रश्न गरेका छन्। उनले भनेका छन्,–ट्रम्प अमेरिकाको लागि मात्रै नभएर विश्वकै लागि खराब नेतामा चिनिसकेका छन्। उनले महिलाला हेर्ने नजर नै अश्लील छ। यसकारण बेलायती महारानी र वा राजकुरमारको तर्फबाट स्वागत गर्न योग्य छैन। स्वागत गरिए बेलायतकै खिल्ली उडाउनेछ।

Donald Trump No entry in UK 3

बेलायत सरकारले प्रत्येक वर्ष राज्य भ्रमणका लागि विभिन्न मुलुकका राष्ट्रप्र मुखहरुलाई बोलाउने चलन रहेको छ। यसमा बेलायती महारानीले प्रत्येक वर्ष एक वा दुई देशका प्रमुखलाई भ्रमणमा स्वागत गर्दै आएकी छन्। यता, बेलायतमा ६ महिनाभित्र एक लाखले हस्ताक्षर गरेको कुनै पनि ज्ञापनपत्रमाथि जनप्रतिनिधिहरुले संसद्‌मा बहस गर्नुपर्ने प्रावधान छ। तर ट्रम्प आउनु अघि नै हस्ताक्षर अभियानकर्ताले उनको विरोधमा १० लाख हस्ताक्षर संकलन गरिसेका छन्।

Donald Trump No entry in UK 4

यसका साथै बेलायतीहरुले सोमबार दिउँसो मुस्लिम राष्ट्रहरुमाथि रोक लगाएको विरोधमा डाउनिङ स्ट्रटमा प्रदर्शन र नाराबाजी गरेका छन्। यता, अमेरिकाको न्यूयोर्क, चिकागो, डेट्रोइट, माइमी, लस एन्जल्स, बोस्टन, पिटर्सबर्ग र वासिङटन डिसीमा समेत ट्रम्पको आप्रवासी रोक्‍ने फैसलाविरुद्ध मानिसहरु सडकमा उत्रिएका छन्।
प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार