लण्डन। बेलायतमा आएको कायरा आँधीका कारण हजारौं प्रभावित भएका छन्। आँधीका कारण सडक अवरुद्ध भएका छन् भने विमानस्थलहरु पनि बन्द गरिएको छ।

आँधीले विजुलीका पोल ढाल्नुका साथै रुख ढलेर सडक अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्। आँधीका कारण सबैभन्दा बढी इङल्याण्ड र वेल्स राज्य प्रभावित भएको बीबीसीेल जनाएको छ।

आँधीले रेलवे सेवाहरु पनि अवरुद्ध भएको छ भने विभिन्न खेलकुद प्रतियोगिताहरु पनि प्रभावित भएका छन्। आँधीको प्रभाव बढ्दै गएकाले तटीय क्षेत्रमा सावधानी अपनाउन अधिकारीहरुले आग्रह गरेका छन्।आँधीका कारण विभिन्न उर्जा कम्पनीमा पनि क्षति पुगेको बताइएको छ ।
प्रकाशन मिति–२०७६ साल माघ २७ गते सोमवार ।