M/s Bidhya Devi Bhandari-Presedent of Nepal

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन ६३ बर्षिय डा. उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे बेलायतमा टेलिफोन गरेर जानकारी लिएकी छन्।

पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा. देवकोटालाई सोमवार अपराह्न टेलिफोन गरी डा.देवकोटाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भनेका छन्।

Dr.Upendra Devkota-Sinior Surzen of Nepal

डा. देवकोटाले आफ्नो पित्तथैलीमा समस्या देखिएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी राष्ट्रपतिलाई दिएको बताइएको छ । प्रमुख स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले शनिबार पनि लण्डनस्थित नेपाली राजदूतावासमार्फत डा. देवकोटाको स्वास्थ्यबारे जानकारी लिएकी थिइन्।

नेपालका उत्कृष्ट न्यूरो सर्जन डा. देवकोटाको बेलायतको लण्डन स्थित किग्ङ्स कलेज अस्पतालमा उपचार भइरहेको छ । पूर्वमन्त्री समेत बनिसकेका डा.देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आइतबार पशुपति मन्दिरमा नेपालका प्रसिद्ध डाक्टरहरुको समूहले दीप प्रज्ज्वलन गरिएको थियो।

प्रकाशन मिति–२०७४ साल पुष १० गते सोमवार ।