काठमाडौ। ब्रिटिश गोर्खा नेपलिज् काउन्सिलले लन्डनमा आइतबार आयोजित एक कार्यक्रमबीच कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेललाई जर्नालिष्ट अफ दि इयर २०१५ लेखनतर्फ अवार्ड प्रदान गरेको छ। त्यसैगरि, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष एवं वीनेपाली डटकमका सम्पादक नरेश खपांगीमगरले लेखनतर्फ र के के मूभिजका कुशल श्रेष्ठले भिज्यूअलतर्फ जर्नालिष्ट अफ दि इयर २०१५ अवार्ड प्राप्त गरेका छन्।

London Journalistsसंस्थाले शिव भण्डारी र एभरेष्ट गौतमलाई कमेन्डेड जर्नालिष्ट अफ दि इयर २०१५ अवार्ड तथा विद्यार्थी अभियन्ता गणेश खड्कालाई राइजिङ स्टार अवार्ड २०१५ प्रदान गरेको छ। समारोहका प्रमुख अतिथी एनआरएनए युरोप संयोजक कुल आचार्य र काउन्सिलका अध्यक्ष एकराज नेम्वाङले पत्रकारहरुलाई अवार्ड र टोकन अफ लभ प्रदान गरे।

सम्मानपछि एनआरएनए युरोप संयोजक आचार्यले बधाइ दिंदै पत्रकारहरु समाजप्रति अझ बढि उत्तरदायी हुनुपर्नेमा जोड दिए। उक्त अवसरमा आचार्य र नेम्वाङले दर्पणसंसारडटकम नामक न्यूज पोर्टलको समेत शुभारम्भ गरे । उक्त पोर्टलका प्रधान सम्पादक सन्जयभक्त कंडेल हुन् ।
प्रकाशन मिति–२०७३ साल साउन ३१ गते सोमवार ।