लण्डन। कोभिड–१९ को नयाँ संक्रमणको चपेटामा परेको बेलायतमा कोरोनाकै कारण गोर्खा आन्दोलनका पूर्व ब्रिटिश–गोर्खा सैनिक ७५ बर्षिय रणवहादुर लिम्बूको दुःखद निधन भएको छ। अल्डरसटमा बस्दै आएका लिम्बूको शुक्रबार उपचारका क्रममा स्थानीय फर्मली पार्क अस्पतालमा निधन भएको हो।

कोभिड संक्रमण भएर अस्पताल भर्ना भएको ९ दिनपछि लिम्बूको निधन भएको मृतककी श्रीमती रुपा लिम्बूले खुलासा गरेकी छन्। स्वर्गीय लिम्बूका श्रीमती र तीन छोरा छन् । दुई छोरा बेलायती सेनामै कार्यरत छन् ।

पूर्वीनेपाल ताप्लेजुंगको सिकैचा पुख्र्यौली भएका लिम्बू सामाजिक कार्यहरुमा रुची राख्ने उनी गोर्खा आन्दोलनमा निकै सक्रिय थिए। गेसो अल्डरसट शाखाको उनी सल्लाहकार पनि थिए।
प्रकाशन मिति–२०७७ साल पुस २६ गते आइतवार ।