लण्डन। बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल हुन।

उपचारको क्रममा अर्यालको गत सोमबार मृत्यु भएको भएपनि अस्पतालले उनमा कोरोना संक्रमण रहेको पुष्टि बिहीबार मात्र गरेको गैरआवसीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) सदस्य रामशरण सिँखडाको भनाई रहेको छ।

शनिबार अचानक स्वास्थ्यमा खराबी देखिएपछि उनलाई उपचारका लागि स्थानीय क्वीन एलिजावेथ अस्पताल पुर्‍याइएको थियो। बेलायस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बेलायतमा कोरोना संक्रमणबाट प्रशान्त अर्यालसहित दुई जनाको मृत्यु भएको पुष्टि पनि गरेका छन्।


प्रकाशन मिति–२०७६ साल चैत १३ गते विहीवार ।