लण्डन। कोरोना महामारीको नयाँ संक्रमण बेलायतमा तिब्र रुपमा फैलिरहेको वर्तमान अवस्थामा कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो खोपले पनि अनुमति पाएको छ।अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको हो।

खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको बेलायती स्वास्थ्य वैज्ञानिकहरुले बताएका छन्। अनुमति पाएसँगै सरकारले यस खोपको १० करोड मात्रा झिकाइसकेको छ। यसअघि डिसेम्बरमा फाइजर बायोएन्टेकले बनाएको खोपलाई प्रयोगमा ल्याइएको छ। हाल लाखौ व्यक्तिले यस खोप लगाइसकेका छन् भने लगाउने क्रम पनि जारी छ।

बेलायती स्वास्थ्यमन्त्रीले जनवरी ४ देखि यो खोप दिन थालिने बताएका छन्। उनका अनुसार नयाँ वर्षका प्रारम्भिक साताहरूमा खोप अभियानले तिब्रता पाउने भएको छ।


प्रकाशन मिति–२०७७ साल पुस १६ गते विहीवार ।