काठमाडौं। बेलायतले चारवटा मुलुकका नागरिकलाई बेलायत प्रवेशमा निषेध गरेको छ। त्यसरी प्रतिवन्धमा परेका देशका नागरिकमा फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश छन्।

कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न यी मुलुकका नागरिकलाई बेलायत छिर्न रोक लगाइएको बेलायत सरकारले जनाएको छ। यो व्यवस्था आगामी शुक्रबारदेखि लागू हुनेछ। अध्यागमन विभागले पछिल्लो समयको तथ्यांक विश्लेषण गर्दा यी देशबाट फर्किएकाहरूबाट कोरोनाको नयाँ प्रजाति फैलने जोखिम बढेको दाबी गरेको छ।

यी मुलुक भ्रमण गरी फर्किएका बेलायतमा स्थायी बसोबास अनुमति भएका बेलायती, आइरिस र तेस्रो मुलुकका नागरिकलाई सरकारले तोकेका होटलमा १० दिनसम्म आइसोलेसनमा बस्न अनिवार्य गरिएको छ।
प्रकाशन मिति–२०७७ साल चैत्र २१ गते शनिवार ।