लण्डन। बेलायतमा छायाँकन भएको पहिलो र एकमात्र बाजा गीत बजाउ पञ्चेवाजा बोलको गीतको भिडियो बेलायतवाट सार्वजनिक भएको छ। बेलायतको ग्लास्गो स्थित पेनिलीमा दियो पाठशालाको तिहारको देउसी–भैंलो कार्यक्रममा मोडल सागर खत्रीले सवैसामु उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन्।

panche-baja-1

सार्वजनिक समारोह कार्यक्रममा दियो पाठशालाका व्यवस्थापक डिन खरालको अध्यक्षता तथा ग्लासगो नेपाली एशोसियसनका अध्यक्ष दिलु गैरेको प्रमुख आतिथ्यताका साथमा ग्लास्गोमा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा ग्लास्गोमा संपूर्ण छायाँकन भएको बजाउ पञ्चेवाजा बोलको गीतको भिडियो पहिलो र हालसम्मको एक मात्र बाजातालको गीत भएको दावी गरिएको छ। जसमा प्रल्हाद सुवेदीको शव्द–रचना तथा बसन्त थापाको संगीत रहेको छ। गायन बसन्त थापा, देवी घर्तीको रहेको छ।

छायाँकन, सम्पादन तथा निर्देशन सुरेश श्रेष्ठले गरेका छन्। म्युजिक भिडियोमा ग्लास्गोकै मोडल सागर खत्री, चमेली रोक्का र आरती गैरेको प्रमुख अभिनय हेर्न पाइन्छन्।


प्रकाशन मिति–२०७३ साल कात्तिक १५ गते सोमवार ।