UK Dance of 2017 Jastina Gurungलण्डन । बेलायतका नेपाली तन्नेरीबीच डान्स कम्पिटिसन संपन्न भएको छ। ‘यूके डान्स अफ २०१७’ नाम दिइएको उक्त कम्पिटिसनमा युके डान्स अफ २०१७ को उपाधि जसिता गुरुङले जितेकी छन् । आइतबार प्रिन्सेस हल अल्डरसटमा आयोजित प्रतियोगितामा १३ अन्य प्रतिस्पर्धीई उछिनेर जसिताले पहिलो उपाधि जितेकी हुन्।

उपाधिका साथमा जसिताले १२ सय पाउण्ड नगद पाइन्।प्रतियोगितामा फस्ट रनर अपको उपाधि महिलाहरुको समूह ‘एआइएम ग्रुप’ ले जित्यो भने सेकेन्ड रनर भइन् सरिना गर्बुजा भइन्। दोश्रो हुने टिमले ८ सय पाउण्ड र तेश्रो विजेताले ५०० पाउण्ड नगद जिते । बिजेतालाई प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी, आयोजक सपनकुमार राई लगायत प्रायोजकहरुले पुरस्कार प्रदान गरेका थिए।

UK Dance of 2017सपन इन्टरटेन्मेन्ट लिमिटेडले गरेको दोश्रो ‘यूके डान्स अफ’ मा नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई, धिरज मगर, ख्यातिप्राप्त नाट्कर्मी तथा नृत्य–निर्देशक सनमकुमार बैराग, समिर गुरुङ र जेनी सुनुवार निर्णायक थिए । पहिलो राउण्डमा नेपालीपन झल्काउने नाच र दोश्रो ‘क्याच द रिदम’ राउण्डमा आफ्नो इच्छा अनुसार अन्तर्राष्ट्रिय संगीतमा समेत नाच्न पाउने प्रावधान राखिएको थियो।

UK Dance of 2017.jpg1क्याच द रिदम राउण्ड सगुन डटकमले प्रायोजन गरेकाले त्यो चरणलाई सगुन डटकम राउण्ड नामाकरण गरिएको थियो। ५ सय भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा मन्जु गुरुङ राईले स्वागत मन्तव्य दिएकी थिइन्। आयोजक सपनकुमार राईले बेलायतस्थित नेपाली युवाको प्रतिभा उजागर गर्न प्रतियोगिता गरिएको जनाए। कार्यक्रम गत वर्षभन्दा उत्कृष्ट बनेको दाबी राईको छ।
प्रकाशन मिति–२०७४ साल साउन १७ गते मंगलवार ।