लण्डन। बेलायतमा मंगलबार ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। लण्डनको नर्थवल्डस्थित द क्रिष्टल स्वीट्स सी एण्ड एल कन्ट्री क्लबमा भब्य सम्मान कार्यक्रम भएको हो।

दुई दशक भन्दा अघि देखि बेलायत बसेर आफ्नो ठाउँबाट निस्वार्थ नेपाल र नेपाली हरुलाइ सेवा गर्ने विशिष्ट नागरिक सम्मानमा झण्डै तीन दर्जन बढी व्यक्तित्वहरुलाई सम्मान गरिएको हो। प्रमुख अतिथि एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी विशिष्ट अतिथि काउन्सिलर करम मोहोनले संयुक्त रुपमा सम्मान गरेका हुन्।

बेलायतमा रहेका डाक्टर माइकल हट,डाक्टर राघब धिताल,डाक्टर सुर्य सुबेदी,डाक्टर पदम सिंखडा,महन्त बहादुर श्रेष्ठ,कुल आचार्य ,सोम सापकोटा,बिजय,थापा, सनम कुमार बैराग, मनिष कुमार श्रेष्ठ,सपन कुमार राई,शान्ति,गुरुङ ,शर्मिला बर्देवा, सीमी पुन,चरन प्रधान, कुशल श्रेष्ठ,मनिषा,श्रेष्ठ ,अमृत गिरि,आना डुरान्स बगाले,बासु शर्मा,बिकल चन्द्र आचार्य,गौरिका सिहं,हरि सिंह,कोमल मल्ल ,मदन थापा,मनमाया सुनुवार,नवीन गुरुङ,निलहरी घिमिरे,प्रसुना कंडेल, सितु खरेल,सोमनाथ बांस्कोटा,सुशील प्रजापति,ध्रुव दत्त,रबि जंग लामिछाने सम्मानित बनेका छन्।सम्मान कार्यक्रम विश्व परिक्रमा यात्री तथा नेपाल संयोजक आरके सुवेदी तथा बेलायत आयोजक तथा कार्यक्रम संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठको संयोजनमा सम्मान कार्यक्रम भएको थियो।सम्मान कार्यक्रममा प्रसिद्ध गायिका शर्मिला बर्देवा, गायक सपन कुमार राई,गायिका अञ्जु श्रेष्ठ तथा गायिका ममता गुरुङले सुमधुर गीत, नायक ध्रुव दत्त, प्रसुना कंडेल, सुरेश श्रेष्ठ, सुस्मिता थापा र गृष्माले नृत्य, बासु शर्मा र अजिता सिंखडा सुन्दर कविता प्रस्तुत गरेर सवैको वाहवाही पाएका थिए। प्रकाशन मिति–२०७४ साल पुष १२ गते बुधवार ।