लण्डन। बेलायतमा यो बर्षपनि नेपाली समुदाय वीच भव्य तथा सभ्य डान्स तेश्रो युके डान्स अफ प्रतियोगिता हुने भएको छ। यही अक्टोबर १४ का दिन लण्डनको अल्डरसटको प्रिन्सेस हलमा हुने भएको हो।

Mr.Sapan Kumar Rai-Chairman of Sapan Entertainment.

युके डान्स अफ कार्यक्रमका लागि लगभग संपूर्ण तयारी भैसकेको आयोजक सपन इन्टरटेन्टमेन्टका प्रमुख सपन राईले भनेका छन्। १२ सय, ८ सय र ५ सय पाउण्ड नगद तथा ट्रफी पुरस्कार रहेको यस प्रतिस्पर्धात्मक डान्स प्रतियोगितामा छानिएका १२ जना प्रतियोगीहरुवीच प्रतियोगिता हुने भएको छ। १२ जना प्रतियोगीहरुलाई दीलिप रायमाझी, कविराज गहतराज, रेनेशा बान्तवा राई संलग्न रहेको निर्णायक मण्डलले अडिसनवाट छानिएको हो।

यस कार्यक्रममा नेपालवाट आएका नेपाल आइडल बुद्ध लामाले विशेष प्रस्तुति दिने भएका छन्। युके डान्स अफका पहिलो र दोश्रो संस्करणका धिरज मगर र जसिता गुरुङले नेपाली चलचित्रहरुमा अभिनय गरेर चर्चित बनिसकेका छन्।

अव यो तेश्रो संस्करणको युके डान्स अफका विजयीले पनि यस्तै धेरै अवसर पाउने आयोजक सपन राईले भिजन संसार डटकमलाई बताएका छन्।

प्रकाशन मिति–२०७५ साल असोज २५ गते विहीवार