लण्डन। बेलायतमा नेपाली कथानक चलचित्र ‘उल्झन’को रेड कार्पेट प्रिमियर भएको छ। लण्डनको एम्पायर हल अलडरसटमा यस चलचित्रको प्रिमियर भएको हो।

बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको प्रमुख आतिथ्यता तथा बेलायतमा रहेका अग्रज रंगकर्मी सनमकुमार बैराग, एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी, सहारा युकेका अध्यक्ष मीनवहादुर गुरुङ, बेलायतमा रहेका चर्चित नेपाली गायक सपनकुमार राई लगायतका गन्यमान्य व्यक्ति–विशेषहरुको आतिथ्यतामा चलचित्र उल्झनको प्रिमियर भएको छ।

चलचित्रको रेड कार्पेट प्रिमियर हेर्ने दर्शकहरुले चलचित्र निक्कै राम्रो रहेको टिप्पणी गरेका छन्। चलचित्रमा अभिनेता ध्रुब दत्तका साथमा रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी लगायतका कलाकरहरुको अभिनय रहेको छ।

आसुतोष फिल्म्स प्रोडक्शनको ब्यानरमा निमौण भएको चलचित्र उल्झनमा राजु अधिकारीको निर्देशन रहेको छ । चलचित्रको प्रस्तुतकर्तामा तेजेन्द्र कंडेल, कार्यकारी निर्मातामा नारायण ढुङ्गाना र निर्माताहरुमा हरि कृष्ण कार्की र नबिन अधिकारी छन्।

प्रकाशन मिति–२०७४ साल चैत्र ५ गते सोमवार ।