Namaste Nepal Team-Sanam Kumar Bairag, Raju Shah, Gopal Dhakal Chhande & Sagar Khatri in Scotland
Namaste Nepal Team-Sanam Kumar Bairag, Raju Shah, Gopal Dhakal Chhande & Sagar Khatri in Scotland

काठमाडौ। युरोपमा छायाँकन भएको चर्चित नेपाली चलचित्र नमस्ते नेपालको बेलायतको विभिन्न शहरमा प्रदर्शन भैसकेको छ। बेलायतमा रहेका नेपालीहरुले चलचित्र नमस्ते नेपाललाई अत्यन्त रुचाएको चलचित्र नमस्ते नेपालका कलाकार गोपाल ढकाल छन्देले भिजन संसारसंगको संक्षिप्त कुराकानीमा भनेका छन्।

sanam-4

हाल सोही चलचित्र स्कटल्याण्डमा रिलिज गर्न गोपाल ढकाल छन्दे,निर्माता तथा निर्देशक राजु शाह र बरिष्ठ अभिनेता सनम कुमार बैराग सहितको चलचित्र नमस्ते नेपालको टीम स्कटल्याण्ड पुगिसकेको छ। लण्डनवाट स्कटल्याण्ड पुग्ने क्रममा तितो–सत्यका अत्यन्त चर्चित तथा प्रतिभाशाली हाँस्य कलाकार गोपाल ढकाल छन्देको शव्द, संगीत र गायन रहेको झ्याप्प–झ्याप्प लभ बोल बोलको म्युजिक भिडियोको शुटिङ्ग पनि संपन्न भएको छ।

Jhyappa Jhyappa Love by Gopal Dhakal Chhande
Jhyappa Jhyappa Love by Gopal Dhakal Chhande

स्कटल्याण्डमा रहेको अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीको भवन नजिक गरिएको उक्त गीतको शुटिङ्गमा ग्लास्गोका नेपाली कलाकार सागर खत्री र स्कटल्याण्डमा नै रहेका नेपाली कलाकार विजय डंगोलका साथमा गोपाल ढकाल छन्देले अभिनय गरेका छन्।

This is my camera- Sanam Kumar Bairag.
This is my camera- Sanam Kumar Bairag.

विशेष भूमिकामा बरिष्ठ अभिनेता सनम कुमार बैरागको पनि अभिनय रहेको छ। निर्देशन राजु शाहले गरेका छन्।। छायाँकन सनम कुमार बैरागको रहेको छ। यही १० दिनभित्र उक्त गीतको भिडियो रिलिज गर्ने तयारीमा आफूहरु रहेको पनि कलाकार ढकालले भनेका छन्।

sanam-6sanam-7प्रकाशन मिति–२०७३ साल कात्तिक २३ गते मंगलवार ।