namaste-nepalकाठमाडौ। बडादशैंको अवसरमा बेलायतमा नेपाली चलचित्र नमस्ते नेपाल रिलिज हुने भएको छ। त्यसको लागि नेपालवाट चलचित्र नमस्ते नेपालका निर्देशक राजु शाह तथा कलाकार गोपाल ढकाल छन्दे लण्डन पुगिसकेका छन्।

नेपाल र नेपालीको पहिचान बोकेको गोरखाज, भगवान बुद्ध जन्मेको पावनभूमि लुम्बिनी र विश्वको अग्लो शिखर सगरमाथाको देश नेपाल भनेर विश्वभर सन्देश फैलाउन आफूहरु बेलायतमा चलचित्र नमस्ते नेपाल रिलिज गर्न पुगेको कलाकार गोपाल ढकाल छन्देले बताएका छन्।

चलचित्र नमस्ते नेपाल बेलायतको राजधानी लण्डनको केन्टमा १३ अक्टोवर अर्थात असोज २७ गते भव्य रिलिज हुने भएको छ। त्यसपछि अल्डरसट, वेम्ली लगायतका स्थानमा पनि रिलिज हुने भएको छ।
प्रकाशन मिति–२०७३ साल असोज २५ गते मंगलवार ।