Romiyan Limbu video 1काठमाडौ। चर्चित नृत्य निर्देशक गोविन्द राईव्दारा निर्देशित चलचित्र चलचित्र नागबेलीकी निर्माता रोमियन लिम्बुको निर्माणमा म्युजिक भिडियो पनि तयार भएको छ। बेलायतमा बसोबास गर्दैआएकी निर्माता मोडल तथा नायिका रोमियन लिम्बुको पहिलो एल्बम ‘प्रकृति’ को ‘कुन घुम्तीमा’ बोलको गीतमा म्युजिक भिडियो तयार भएको छ ।

Romiyan Limbu video 4

उक्त म्युजिक भिडियोलाई लण्डन सहित यूकेका विभिन्न शहरमा छायांकन गरिएको हो। अत्याधुनिक प्रविधिसहित म्युजिक भिडियोको ईतिहासमै पहिलो पटक विमान उडाएर छायांकन गरिएको मोडल, निर्माता तथा निर्देशक रोमियनले भनेकी छन्। । म्यूजिक भिडियोमा रोमियनका साथ रितेश चाम्सले दमदार अभिनय गरेका छन् भने रोमियनको भाबुकपूर्ण अभिनयले सबैको मन छोएको छ।

Romiyan Limbu video 3

एन्टरप्रनर तथा पाईलट रितेश चाम्स आफैले म्युजिक भिडियोमा बिमान चलाएका छन्। बेलायतमै छायांकन गरिएको चलचित्र ‘ब्ल्याक समर’मा डेब्यु तथा ‘ह्याप्पी डेज’मा समेत उल्लेखीय अभिनय गरिसकेका रितेश नृत्यमा पारङ्गत मानिन्छ ।

रितेशले यसअघि विभिन्न नाटक र छोटा फिल्ममा अभिनय गर्दै फिचर फिल्म सुरुवात गरेका हुन् । चलचित्र ‘ब्ल्याक समर’ आउँदो नेपाली नयाँ बर्षताका रिलिज हुने जनाइएको छ । उक्त गीतमा प्रकृति थुलुङ्गको स्वर, शब्द पूर्ण पाल्पालीको र संगीत कञ्चन थुलङ्गको रहेको छ । म्यूजिक भिडियोको कोरियोग्राफी रितेश चाम्स आफैले गरेका हुन् भने छायाँकन प्रतिक दुतराजको रहेको छ।

Romiyan Limbu video 2

प्रकाशन मिति–२०७३ साल माघ ८ गते शनिवार ।