Sanam Kumar Bairag 1काठमाडौ। अढाई दशक देखि नेपाली रंगमंचको अभिनय तथा निर्देशनमा निरन्तरता दिदैआएका बरिष्ठ रंगकर्मी सनम कुमार बैराग निर्देशित नाटक समय दृश्यले निक्कै चर्चा तथा तारिफ पाएको छ।

गत अप्रिल २४ तारिखका दिन लण्डनमा पहिलो पल्ट मन्चन भएको समय दृश्यले बेलायतमा रहेका नेपालीहरुमाझ एक प्रकारको तरंग पैदा गरिदिएको छ।

नेपालमा गत बर्ष गएको विनाशकारी महाभूकम्पले गरिदिएको नेपाली जनजीवन तथा महाभूकम्पले परिवारलाई विचल्ली पारिदिएको पीडाको यथार्थता जस्ताको तस्तै प्रस्तुत भएको नाटक समय दृश्यलाई धेरै स्थानमा मन्चन गर्नको लागि विभिन्न अनुरोध आएको निर्देशक बैरागले भनेका छन्।

Samay Drishay in london

सोही अनुरोधलाई आत्मसाथ गरेर अव बेलायतका विभिन्न शहरमा मन्चन गर्ने तयारी भैरहेको पनि निर्देशक बैराग भन्छन्। बैरागका अनुसार नाटक समय दृश्य बेलायतको गरिमामय पहिलो नेपाली सामाजिक संस्था यति नेपाली एशोसियशन युकेको आयोजनामा बेलायतका विभिन्न शहरमा मन्चन हुने भएको छ।

बेलायतको रंगमंचको इतिहासमा यति धेरै नेपालीको मन छुन सफल नाटक समय दृश्य मन्चनको लागि यति नेपाली एशोसियशनले आयोजनाको जिम्मेवारी लिने भएवाट नाटकको अझ गरिमा तथा महत्व बढ्न गएको छ। जसवाट बेलायतमा रहेका नेपाली रंगकर्मीहरुको सम्मान समेत हुन गएको निर्देशक बैरागले भनेका छन्। आउने जुन महिनावाट नाटक समय दृश्यको फेरि मन्चन प्रारम्भ गर्ने तयारीमा निर्देशक बैराग लागेका छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख २७ गते सोमवार ।