काठमाडौं। कोरोनाको कहर अझै पनि सकिएकाे छैन । तर बिस्तारै यस्ले बाटाे पैलाउन थाले संग चलचित्र छाँयाकनकाे थालनि हुने क्रम बिस्तारै जरमुराउन थालेकाेछ ।

नेपाली कथानक चलचित्र हेल्लो जिन्दगीको गीतकाे छायाँकन धमाधम भैरहेको जानकारी लण्डनवाट चलचित्रकर्मी सनमकुमार बैरागले दिएका छन्। बैरागका अनुसार भारतको मुम्बईवाट आएको प्रतिष्ठित डान्स कोरियोग्राफर विष्णु देवाको डान्स कोरियोग्राफीमा छायांकन भैरहेको छ। विष्णु देवाले यसअघि नेपाली कथानक चलचित्र पासवर्डमा भारतीय अभिनेत्री सन्नी लियोनीका साथमा नायक विक्रम जोशीको डान्स कोरियोग्राफी गरि व्यापक चर्चा पाईसकेका छन् । नेपाली चलचित्र उद्योगमा छोटो समयमा ख्याती हासिल गर्न सफल नायिका दीपिका प्रसाईका साथमा, चलचित्र पासवर्डवाट अाफ्नाे परिचय स्थापित गरिसकेका नायक विक्रम जोशी लण्डनको चिसो शिरेटाेमा जाेशका साथ गीतमा अभिनय गरिरहेका छन्। एक व्यक्ति कसरी शुन्यवाट उठेर बेलायतको गन्यमान्य धनाढ्य बन्छ र एक सुन्दरीको सौन्दर्य र मायामा यसरी लिप्त हुन्छ कि संसारको अरु कुनै कुरामा उसको चासो नै हुंदैन ।

त्यसपछिका घटना यस्तो हुन्छ कि विश्वास नै गर्न नसकिने घटनाक्रम रहेको चलचित्रकर्मी बैरागले भनेका छन्। हेल्लो जिन्दगीमा नायक विक्रम जोशीको साथमा दीपिका प्रसाई, प्रियंका कार्की। विल्सन विक्रम राई, विक्रान्त बस्नेत लगायत छन्। एक गीतमा भने, बेलायतकै क्रियाशील नायिका विभिया श्रेष्ठको पनि नृत्य हेर्न पाईनेछ । निर्माता हिराल जोशी तथा कार्यकारी निर्माता सिर्जना जोशी महर्जन छन् भने चलचित्र निर्देशन एभरेष्ट सूर्य बोहराको रहेको छ।


प्रकाशन मिति–२०७८ साल मंसीर ११ गते शनिवार ।