UK Newa Bhoj 3लण्डन। परदेशमा आफ्नो कला–संस्कृति तथा परम्परा अनि भोजनको पहिचान कायम गर्नु भनेको अत्यन्त गौरबशाली कार्य हो। त्यसको लागि सानोतिनो प्रयासले अवश्य पनि सफलता प्राप्त हुन सक्दैन।

UK Newa Bhoj 1त्यसको लागि टीम नै आवश्यकता पर्दछ। नेपालको पहिचान र गौरब मध्येको एक आदिवासी जनजाति नेवार सम्प्रदायको मौलिक कला–संस्कृति तथा परम्परा पनि हो। जुन परम्पराले विश्वमा नेपालको पहिचान अभिबृद्धि गर्ने कार्य तिव्र गतिमा भैरहेको पाइएको छ।

UK Newa Bhoj 2

यसक्रममा पहिलो पल्ट अंग्रेजहरुको अत्यन्त बैभबशाली मुलुक बेलायतमा पहिलो पल्ट नेवार कला–संस्कृति तथा उत्कृष्ठताको नेवार भोज कार्यक्रम बेलायतमा संपन्न भएको छ। लण्डनको वीलवीचमा आइतवार संपन्न भएको बृहत नेवार भोजलाई गुठी भोजको नामाँकरण गरेर नेवारी परम्परा तथा टिपिकल नेवारी शैलीमा गरिएको छ।

UK Newa Bhoj 8जुन बेलायतमा रहेका नेवार तथा गैरनेवार सवैका लागि लोभलाग्दो अविस्मरणीय भोजन क्षण नै भएको छ। नेपालकै शैलीमा घरैमा बनाइएका परम्परागत अयला, छोइला तथा जाँडका साथमा विभिन्न परम्परागत हाइजेनिक खानेकुराको स्वादले गर्दा यस नेवार भोजलाई ऐतिहासिक भन्नेहरुको कुनै कमी छैन्।

UK Newa Bhoj 4

पासा पुचः गुठी साउथ इष्टको आयोजनामा यस भव्य नेवार भोज भएको हो। जसको संयोजन सुशील प्रजापतिले गरेका हुन्। बृहत नेवार भोजनमा ३२ थरिका परिकार समावेश गरिएको थियो। जुन असाध्यै मिठो र अझैपनि जिब्रो रसाउने प्रकृतिको रहेको यस भोजनमा सहभागी भएर फर्कने प्रायको प्रतिक्रिया रहेको छ।

UK Newa Bhoj 5प्रकाशन मिति–२०७४ साल जेष्ठ ९ गते मंगलवार ।