काठमाडौं । नेपाली अल्ट्रा धाविका मिरा राईले यस बर्षको पहिलो प्रतियोगिता थ्री पिक्स रेसको उपबिजेता बनेकी छन् । शनिबार बेलायतमा सम्पन्न २३ माइल अर्थात ३७.४ किलोमिटरको दौडमा नेपाली चेली मिराले दोस्रो स्थान हासिल गरेकी हुन । उच्च पहाडी क्षेत्रको अधिकांश हिउँ र आइस भएको स्थानमा भएको दौडमा मिराले सबै प्रतिस्पर्धीलाई पछि पारेपनि घरेलु खेलाडी ३७ बर्षीया भिक्टोरिया विलकिन्सनसँग भने ९ मिनेट ८ सेकेण्डले पछि परिन् ।

Sports-Meera Raiभिक्टोरियाले निर्धा्रित दूरी ३ घण्टा २६ मिनेट ४७ सेकेण्डमा पूरा गरेकी थिइन् भने मिराले सोही दूरी पूरा गर्न ३ घण्टा, ३५ मिनेट ५५ सेकेण्ड लगाइन्। प्रतियोगिताको पुरुषतर्फको उपाधि भने स्वीस खेलाडी लुयन्स्टेइनले जितेका छन् । ३५ बर्षीय स्वीस डेन्टिस मार्कले निर्धा्रित दूरी २ घण्टा ४८ मिनेट ५८ सेकेण्डमा पूरा गरे । अल्ट्रा स्काई म्याराथन वल्र्ड सिरिज २०१५ की उपविजेता मीरा राईले थ्री पिक्स रेसमा दोस्रो स्थान हासिल गर्दै नयाँ सिजनकोसुरुवात गरेकी हुन् ।

पूर्वमाओवादी लडाकु भोजपुरकी २७ बर्षीया उनको सिजनको पहिलो रेस भएपनि ‘थ्री पिक्स’ अल्ट्रा स्काई म्याराथन वलर्ड सिरिज २०१६ अन्तर्गतको प्रतियोगिता भने होइन। विश्व च्याम्पियन बन्ने लक्ष्य लिएकी उनले यसपाली सिरिज अन्र्गतका ७ मे मा ७५ किलोमिटरको ट्रान्स(भुल्कानिया (स्पेन), ४ जुनमा ५५ किलोमिटरको अल्ट्रा स्काइम्याराथन (पोर्चुगल) र २४ सेप्टेम्बरमा १ सय १० किलोमिटरको अल्ट्रा पिरिनेउ (स्पेन) दौडनेछन् । उनी २२ जुनमा स्पेनमा हुने १ सय ५ किलोमिटरको ‘बुफ इपिक’मा पनि सहभागी हुनेछिन्।

प्रकाशन मिति–२०७३ साल बैशाख २४ गते शुक्रवार ।