Prasuna-2काठमाडौ। बेलायतमा कार्यरत रहेकी नेपाली नर्स प्रशुना कँडेल नेपालीहरुको अथक प्रयास तथा साथले अनलाइन भोटिङ्गवाट बेलायतको प्रतिष्ठित फेसन तथा मोडलिङ्ग कन्टेष्ट रुल दिन रनवे युकेको लेडिजतर्फको फोटो प्रतियोगितामा विजयी बनेकी छन्। संसारभरका मोडल तथा डिजाइनरहरुको प्रतिस्पर्धात्मक अनलाइन भोटिङ्ग फोटो कन्टेष्टमा नेपाली नर्स कँडेल प्रथम बनेकी हुन्।

कँडेलले अनलाइन भोटिङ्गमा ४२ हजारभन्दा बढी भोट पाएको बताइएको छ। कँडेलको प्रतिव्दन्दी ज्यास्मिन स्टिर देखिएतापनि नेपाली सुन्दरी कँडेलको तुलनामा निक्कै कम भोट पाएको खुलासा भएको छ। सोही कन्टेष्टमा पुरुषतर्फ एन्टोन नोबल प्रथम बनेका छन्।

prasuna-kadel-2

विजयी बनेको लगतै नेपाली सुन्दरी कँडेलले आफूलाई जिताउन विशेषत बेलायतमा रहेका नेपालीहरुको विशेष भूमिका रहेको बताइएकी छन्। आफूलाई विजयी बनाउन सहयोग गर्ने सवै नेपालीहरुलाई धन्यवाद दिदै सुन्दरी कँडेलले आगामी दिनहरुमा पनि सधै राम्रो कार्य गरेर नेपालको शिर उचो पार्ने कोशिश गर्ने प्रतिक्रिया दिएकी छन्।

आउंदो फरवरी २७ मा बेलायतको बर्मिघमको क्रेसेट थियटरमा हुने फाइनलका लागि समेत कँडेलले यसवाट ३ नंबर क्रेडिट पाएकी छन्। उनलाई यो विधाको अवार्ड सोही दिन प्रदान गरिने भएको छ।

प्रकाशन मिति–२०७२ साल पुष २१ गते मंगलबार ।