लण्डन। बेलायतमा नेपाली लाखे नाच नाचेर नेपाली लाखे हुनुको ख्याति कमाउंदैआएका ख्यातिप्राप्त नेपाली कलाकार विनोद चिपालुले लाखे नाच नाचेका छन्।

१९ जनवरी आइतवार लण्डनमा आयोजना भएको चित्रकला प्रदर्शनीमा विशेष आकर्षणको रुपमा कलाकार चिपालुले नेपाली लाखे नाच नाचेका हुन्। कलाकार सरिता महर्जनको विशेष एकल चित्रकला प्रदर्शनीमा चिपालुले नेपाली लाखे नाच नाचेर नयाँ रौनकता दिएको जानकारी कलाकार महर्जनले भिजन संसार डटकमलाई दिएकी छन्।

लण्डनमा रहेका गन्यमान्य प्रतिष्ठित व्यक्ति–विशेषहरुको विशेष आतिथ्यतामा भएको सरिता महर्जनले कोरेका ३२ चित्रहरुको प्रदर्शनी गरिएको थियो। त्यस प्रदर्शनीमा कलाकार महर्जनले नेपाली लाखे विनोद चिपालुको कोरिएको चित्र पनि प्रदर्शनीमा राखिएको थियो।

पछि उक्त चित्र कलाकार महर्जनले नेपाली लाखे विनोद चिपालुलाई प्रदान गरेर गर्विलो सम्मान दिने कार्य पनि भएको छ। बेलायतमा विगत २० बर्षदेखि निरन्तर कलाकार चिपालुले लाखे नाच नाच्दैआएका छन्। जुन नेपाल र नेपालीको गौरबता नै हो।


प्रकाशन मिति–२०७६ साल माघ ६ गते सोमवार ।