लण्डन। बेलायतमा नेपाली लाखे नाच नाचेर नेपाली लाखे बन्दैआएका ख्यातिप्राप्त नेपाली कलाकार विनोद चिपालुले लाखे नाच नाच्ने भएको छ।

१९ जनवरी आइतवार लण्डनमा आयोजना हुन गैरहेको चित्रकला प्रदर्शनीमा विशेष आकर्षणको रुपमा कलाकार चिपालुले नेपाली लाखे नाच नाच्न लागेको हो। कलाकार सरिता महर्जनको विशेष एकल चित्रकला प्रदर्शनीमा चिपालुले नेपाली लाखे नाच नाचेर नयाँ रौनकता दिने भएको छ।

त्यसको लागि आफू व्यापक तयारीमा रहेको जानकारी कलाकार चिपालुले दिएका छन्। बेलायतमा विगत २० बर्षदेखि निरन्तर कलाकार चिपालुले लाखे नाच नाच्दैआएका छन्। जुन नेपाल र नेपालीको गौरबता नै हो।
प्रकाशन मिति–२०७६ साल माघ ३ गते शुक्रवार ।